काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको जनाइएको हो ।
रवि लामिछाने सभाति रहेको यस पार्टिले गत निर्वाचनमा प्रतिनिधिसभातर्फ २० सिट जितेको थियो भने प्रदेशतर्फको निर्वाचनमा भने सहभागी भएको थिएन ।
पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन गरिनेछ । यस्तै जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरिएको छ । यस्तै बैठकले माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी उक्त कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ।
जसअनुसार माघ १४ गते प्रदेश १ को भेला विराटनगरमा हुने छ भने माघ १६ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ । यसैगरी बागमतीको भेला मकवानपुरमा माघ १८ गते , गण्डकीको भेला पोखरामा माघ २१ गते, लुम्बिनीको भेला दाङमा माघ २४ गते, सुदूरपश्चिमको भेला धनगढीमा माघ २६ गते र कर्णाली प्रदेशको भेला सुर्खेतमा माघ २८ गते गर्ने तय भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ १२:०९