काठमाडाैं - सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि नै हल्का वर्षा र हिमपात भइरहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताएका हुन् ।
उनका अनुसार यी प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान छ ।
यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ । वर्षा भएका ठाउँमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिए ।
गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि गण्डकीमा पानी पर्ने अनुमान भने गरिएको छैन ।
बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्को अनुमान छ ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ ०७:४०