काठमाडाैं - नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा दुई खेलाडी पक्राउ परेका छन् ।
दुई खेलाडी क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको हाे ।
एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइवी स्रोतले जनाएको छ ।
गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।
अनुसन्धान टोलीले अनुसन्धान सकेको र मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले राससलाई जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ ०७:५५