जुम्ल –जुम्लामा हिँउ परेको छ । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा स्थानीय हिउँमा हिडेर खानेपानी लिन जान थालेका छन् । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । हिँउ परे पछि किसान भने खुशी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।
हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ । हरेका वर्ष हिँउदामा हिँउ पर्ने जुम्लामा यो वर्ष भने ढिलो हिँउ परेको हो ।