एजेन्सी– अमेरिकाको आयोवामा अर्को गोलीबारीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार नै उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएको गोलीबारीमा सात जनाको मृत्यु भएको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोली चलेको हो ।सोमबार जम्मा तीनवटा गोलीबारीका घटनामा कम्तिमा नौ जनाको मृत्यु भएको छ ।
‘दुई विद्यार्थीको अस्पतालमा मृत्यु भएको छ । तेस्रो व्यक्ति, एक विद्यालय कर्मचारीको अवस्था गम्भीर रहेको छ,’ डेस मोइनेस प्रहरी विभागका प्रवक्ता पाउल पारिजेकले एएफपी समाचार एजेन्सीसँगको कुराकानीमा भने ।
प्रत्यक्षदर्शीबाट प्राप्त जानकारीको आधारमा, प्रहरीले एउटा कारलाई रोक्यो र अनुसन्धानपछि गोलीबारीमा समावेश तीन सम्भावित संदिग्धलाई हिरासतमा लियो ।
यसअघि हाफ मुन बेमा भएको गोलीकाण्डका सम्बन्धमा सान माटेओ काउन्टी सेरिफको कार्यालयले सात जनाको मृत्यु भएको र एकजना संदिग्धलाई हिरासतमा लिइएको बताएको थियो ।
दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ ११:४३