काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सुन तोलामा १ हजार रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ ११:४६