काठमाडौं- पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको केन्द्रविन्दुबारे केही खुलेको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको डाटा हेरिरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ १५:०६