काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी ,राप्रपा नेपालले आगामी फागुन ७, ८ र ९ गते काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यही माघ ९ र १० गते (आइतबार र सोमबार) अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारी जानकारी दिए ।
यसैगरी, बैठकले महाधिवेशन प्रतिनिधिसम्बन्धी विधानको दफा ३९ मा संशोधन पनि गरेको छ ।
प्रवक्ता अधिकारीका अनुसार आगामी फागुन र चैतमा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारविरुद्ध देशव्यापी जनसङ्घर्ष कार्यक्रम सञ्चालन गर्ने छ ।
दुई दिन चलेको कार्यसमितिको बैठक ‘राप्रपा नेपाललाई फेरी उठाउँछौ’ भन्ने सङ्कल्पका साथ सम्पन्न भएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ १७:१८