काठमाडौं– संसद भवनअगाडि दिउँसै आगो लगाएर प्रेम आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको नेपाली कांग्रंसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।शर्माले सामाजिक सञ्चालमार्फत दुखी बनेर र श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति नमिल्ने भनेकाक छन् ।
‘उनले लेखेका छन् ,‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ । दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन,। ’
नीति बदलिएर नपुगेको भन्र्दै थिती बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी रहेको उनको भनाइ छ । ‘नीति बदलिएर पुगेन, थिती बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ । उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ । केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ,’ उनले भने ।