काठमाडौं– बुधबार नेप्से परिसूचक १०.३७ अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से ०.४८ प्रतिशतले बढेर २१८३.६२ बिन्दुमा पुगेर बन्द भएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ पुगेको छ।
यस दिन २६१ वटा धितोपत्रको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ग्रीन लाइफ हाइड्रोपावर र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस दिन उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य ३३८ रुपैयाँ ८० पैसा र एक हजार ८९ रुपैयाँ पुगेको छ।
यस्तै, सानिमा जिआइसी इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ। यस दिन सर्वाधिक मूल्य घट्नेमा आरबिबी म्युचुअल फण्ड–१ रहेको छ।
उक्त फण्डको इकाइ मूल्य ५.७० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ७७ पैसा कायम भएको छ।यस्तै, जानकी फाइनान्सको सेयर मूल्य ३.८६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२३ रुपैयाँमा झरेको छ।
बुधबार सर्वाधिक सेयर खरिद–बिक्री नेशनल हाइड्रोपावरको भएको छ। यस दिन उक्त कम्पनीको २७८ रुपैयाँमा १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.४२ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमाल दोलखा हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको २५१ रुपैयाँ ९० पैसामा ९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले घटेको हो।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १५:५४