सिन्धुली– सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानको बगैँचामा बोटले थेग्नै नसक्ने गरी सुन्तला र जुनार फलेको छ ।
माघ महिनाको दोस्रो साता बित्दा पनि बजार र उचित मूल्य नपाएकाले किसान चिन्तित बन्दै गएका छन्।
सुन्तला टिपेर शीतभण्डारण गर्ने सुविधा नभएको र बिक्री गर्न ढिला भएकाले बोटमै कुहिने होकी भन्ने डर किसानलाई छ भने अर्को वर्ष सुन्तला राम्रो उत्पादन गर्न माघ महिनामै बगैँचा व्यवस्थापन गर्नुपर्ने किसान बताउछन्।
[caption id="attachment_52901" align="alignnone" width="2560"]
[/caption]
तस्बिरः रासस