एजेन्सी– अफगानिस्तानमा अत्याधिक चिसोका कारण यस महिना १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्याँहाका अधिकारीहरूका अनुसार बासिन्दाहरूले चिसोबाट बच्न इन्धन किन्न असमर्थ रहको बताईएको छ ।
विपद् व्यवस्थापन मन्त्रीका प्रवक्ता शफिउल्लाह रहिमीले जनवरी १० देखि हालसम्म चिसोका कारण १६२ जनाको मृत्यु भएको बताए । गत हप्तामा करिब ८४ जनाको मृत्यु भएको थियो।
यस वर्ष अफगानिस्तानमा १५ वर्ष यताकै सबैभन्दा चिसो वर्ष मापण गरिएको छ । याँहाको तापमान माइन्स ३४डिग्री सेल्सियससम्म झरेको देखेको छ, अफगानिस्तान गम्भीर आर्थिक संकटको बीचमा छ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ ११:५०