काठमाडौं– सनराइज बैंकले मोरङको मृगौलियामा ४७औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सुन्दर हरैचा नगरपालिका – २ का अध्यक्ष दोरीलाल चौधरी र सोही नगरपालिकाका सदस्य रामलाल गछ्दारले संयुक्त रूपमा शाखाको उद्घाटन गरे । यो बैंकिङ सेवाका लागि बैंकले प्रतिनिधीको रूपमा देवनारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेको छ । सो मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने छ ।