काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा रहने वा नरहने भन्ने निर्णय आज गर्ने भएको छ । पूर्वसभापति रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलापछि सरकारबाट बाहिरिनुपर्ने आवाज रास्वपा भित्र उठ्न थालेको छ । रास्वपाले आइतबार साँझसम्म सरकारमा रहने वा नरहने विषयमा निर्णय लिने तयारी गरेको छ ।
संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेकाले आज बेलुकासम्म सरकारमा रहने वा नरहने विषयमा निर्णय लिने रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।