काठमाडौं– मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो ।
हाइड्रोपावारले जारी पूँजी ७६ करोडको १० प्रतिशतका दरले हुन आउने ७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको छ । १०० रुपैयाँ अंकित ७ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।
यो आईपीओमा दोलखाका गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुलाई १ लाख ५२ हजार कित्ता सेयर छुट्याइएको छ । यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउनेछन् ।
दोलखा जिल्लामा ६।४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाइरहेको छ । यो आयोजनाको कूल लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ आंकलन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ ११:२२