काठमाडौं– नागरिकता लिने प्रक्रिया पुरा गर्न रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् । उनलाई शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले उनको नागरिकता अवैध भएको ठहर गरेको थिय भने नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।
लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेको बताइएको छ । सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पुरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो ।
अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता उनले प्रक्रिया पुरा गरेर ब्युताउन लागेका हुन् ।