काठमाडौं–नेपाली बजारमा आइतबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ५ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १२:१३