काठमाडौं– कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६÷०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति गरेको छ ।
राष्ट्रिय स्तरको अब्बल विकास बैंक बनाउने उद्देश्य र रणनीतिका साथ अगाडि बढेको बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा यस आर्थिक वर्षमा कर्जा तथा सापटीमा ४.२० अर्ब वृद्धि गरी २४.४४ अर्ब पुर्याउन सफल भएको छ । त्यसैगरी निक्षेप संकलनतर्फ ५ अर्ब थप गरी कुल निक्षेप २७.९७ अर्ब पु¥याएको छ । समिक्षा अवधिमा कर्जा तथा सापटीतर्फ २०.८० प्रतिशत तथा निक्षेप संकलनतर्फ २१.७७ प्रतिशतको वृद्धि गरेको हो । बैंकले ५७.४१ करोड खुदब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष ३७.९८ करोड रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुदनाफा १४.८५ करोड पुगेको छ । बैंकले ९४ शाखा तथा ४३ वटा एटिएम रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० शाखा तथा १५ वटा एटिएम थप गरी ११४ शाखा र ५८ एटिएमबाट सेवा दिँदै आएको जनाएको छ ।