ललितपुर– ललितपुरमा नक्ली मदिरा बनाउने तीन जना पक्राउ परेका छन् । उनीहरुले बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने गरेको पाइएको छ ।
प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई तीन जनालाई पक्राउ गरेको हो । उनीहरुले यस कारखानामा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको छ ।
पक्राउ पर्नेमा दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जना रहेका छन् । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १२:३०