काठमाडौं– रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको छ ।
रविले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको हो । र
विको नागरिकता अवैध भएको शुक्रबार सर्वोच्च अदालतले ठहर गरेको थियो भने नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।
सोही अनुसार लामिछाने अहिले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छ ।