काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १४ अंकको गिरावट आएको छ । १४ अंकले घटेसँगै परिसूचक २१ सय ६८ अंकमा आएर रोकिएको छ ।
परिसूचक घटेपनि आज ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । बजार घटेपनि आज ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
परिसूचक १४ अंकले घट्दा आज होटल र टुरिजम समूहमा ६.८८ अंक र जीवन बीमा समूहमा ३७.९६ अंक सुधार आएको छ । यसबाहेक, आज कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा आएको छ । आज यो समूह ६१ अंकले घटेको छ भने वित्त समूह ३७ अंकले घटेको छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १५:२१