काठमाडौं– महालक्ष्मी विकास बैंक लि. र नेपाल राष्ट्र बैंकबीच आर.टि.जि.एस प्रणालीसँग सम्बन्धित समझदारी भएको छ । उक्त सम्झौतापत्रमा महालक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतापछि ग्राहकहरूले आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबार फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ । देशका १०२ वटा शाखाहरूबाट बंैकिङ्ग सेवाप्रदानगर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्गलगायतका सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।