पोखरा - पोखरामा जारी रहेको टाईगर कप भलिबल प्रतियोगीत्याको आज फाइनल खेल चलिरहदा खेलाडीमाथि बाेतल प्रहार भएको छ ।
पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र शास्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको बेलामा खेलाडीमाथि बाेतल प्रहार भएको जनाइएकाे हाे ।
खचाखच दर्शकले भरिएको खेल मैदानमा पाँच हजार बढी दर्शकले खेल अवलोकन गरेको अनुमान गरिएको छ ।
खेल संचालन गराउने क्रममा आयोजकले पनि सुरक्षाको त्यती चासो नदिएको र क्षमता भन्दा बढी दर्शकलाई प्रवेश गराएकै कारण यस्तो हुन् पुगेको दर्शकहरुले बताएका छन् ।
खेल संचालनको क्रममा पछाडी रहेका दर्शकलाई खेल हेर्न असहज भएपछी केहि दर्शकहरुले शसस्त्रका खेलाडीहरुलाई बसिदिन आग्रह गरेका थिए ।
त्यसै क्रममा खेलमा सहभागी रहेका खेलाडीले रिस देखाएपछि खेल मैदानमा बिवाद सृजना भएको थियो । नेपाल प्रहरी र शसस्त्र प्रहरीले दर्शकलाई सम्झाउन प्रयास गरेपनि आक्रोशित भिडले उल्टो खेलाडी माथि नै बाेतल प्रहार गरेका हुन् ।
बाेतल प्रहार भएपछी शसस्त्रको खेलाडीहरुले पनि रिसले थाम्न नसकेर उल्टै दर्शक सामु प्रहार गर्न लागेपछि दोहोरो बाेतल हानाहान भएको थियो ।
केहि समयको विवादपछि अन्तत आयोजकले सुरक्षा घेरामा राखेर खेल अगाडी बढाएको थियो भने आज सम्पन्न खेलमा गण्डकी प्रदेश प्रथम र शसस्त्र प्रहरीको सहभागी टिम दोश्रो स्थान हासिल गर्न सफल भएका छन् ।
videolink https://youtu.be/uAPUPAUcj6I
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १८:५८