काठमाडौं– सिटिजन्स बैंकले ग्राहकलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको सुरु गरेको छ । यस योजनाअन्तर्गत बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिनापछि सावाँ तथा व्याजबापत एक मुष्ट रूपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखासहित बैंकिङ्ग इकाइ सेवा दिँदै आएको जनाएको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेविट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू प्नि उपलव्ध गराउँदै आएको बैंकका प्रवक्ता उमंग शर्माले बताए ।