काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ११:०४