काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेको छ ।
आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गरे । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताएको थियो । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ११:१२