काठमाडौं- प्रि–ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ । यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागी २१६६.३१ विन्दुमा आएको छ ।
यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ । २ कम्पनी भने स्थिर रहेको छ ।
यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ११:३५