जनकपुरधाम- मधेश प्रदेशको न्याधिवक्तामा वीरेन्द्रकुमार ठाकुर नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा ठाकुरलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेको छ ।
मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने न्याधिवक्ता ठाकुरलाई आइतबार नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालय जनकपुरधामद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश प्रमुख मिश्रले नियुक्त गरेका महान्यायधिवक्ता ठाकुरले उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश गुणराज ढुंगेल समक्ष पद तथा गोपनियताको शपथ लिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १५:१५