काठमाडौं– नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको छ ।दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२१ प्रतिशतले घट्न पुगेको छ ।