एजेन्सी - श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएको छ । राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले हाल सरकारको राजस्व मासिक खर्चभन्दा कम रहेको जनाएको छ ।
राष्ट्रपतिले जनरल ट्रेजरीले भुक्तानीकर्ता बाहेक सबै खर्चहरू पूरा गर्न यो समय अत्यन्त चुनौतीपूर्ण रहेको बताएको छ ।योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिन्छ ।
राष्ट्रपतिले निजामती कर्मचारीले कर्जाको आधारमा वस्तु तथा सेवा लिनबाट हाललाई टाढै रहनुपर्ने पनि धारणा राखेको छ ।
यसैबीच मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवद्र्धनाले मङ्गलबार सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताएको छ । गत वर्षदेखि श्रीलङ्का चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ जसले देशमा राजनीतिक उथलपुथलसमेत निम्त्याएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ ०८:५६