काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । पोखरामा बसेको क्यानको बैठकले जेठमा निर्वाचन गर्ने र फागुन १४ र १५ गते सुर्खेतमा हुने साधारणसभाले मिति तय गर्ने निर्णय गरेको हो ।
क्यानको नयाँ निर्वाचनका लागि दुई धार तयार भएका छन् । असोक नाथ प्याकुरेलको टोलीले क्यानको बोर्ड सदस्य सहित राजीनामा दिएपछि क्यानमा दुई धारको चर्चा चलेको थियो ।
अहिले अध्यक्ष चन्दको एक धार र असोक नाथ प्याकुरेरको अर्को धार बनेको छ। अहिले क्यानको निर्वाचनका लागि पूर्व कप्तान पारस खड्काले पनि तयारी गरेको बुझिएको छ ।
पारसले क्यानमा आउनका लागि नै सक्रिय क्रिकेट करियर भएको दुई वर्ष पहिला नै राजीनामा दिएका थिए ।