काठमाडौं - प्रि-ओपन सेसनमा बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । यो सेसनमा नेप्से परिसुचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा आएको छ ।
यससँगै १६ कम्पनीको ४७ सय ६ कित्ता शेयर खरिदबिक्री हुँदा १९ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने स्थिर छ ।
यता १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ ११:४८