काठमाडौं– गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीद्वारा निर्देशित तथा निर्मित नेपाली कथानक चलचित्र ‘मेरो दिल छ पोखरामा’को प्रदर्शन अघि विशेष शो हुने भएको छ । चलचित्र निर्माणपक्षका अनुसार यो चलचित्रको आगामी ५ फागुनमा राजधानीमा विशेष प्रदर्शन गरिन लागेको हो ।
कला राईको प्रस्तुतीमा रहेको चलचित्र ‘मेरो दिल छ पोखरामा’को बिशेष शोका लागि अहिले तयारी भइरहेको निर्माणपक्षले जनाएको छ । बागबजारस्थित सिटिम्याक्स सिनेमा भवनमा विशेष शो गर्न लागेको चलचित्र निर्देशक अधिकारीले बताए ।
चलचित्रमा राजु पौड्याल, रञ्जु रञ्जना, गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, दीप कुलुङ, कला राई, हेमलता घिमिरे र राजन महर्जनको अभिनय रहेको छ । यस चलचित्रलाई बवस्तविक कथामा आधारित भनिएको छ । चलचित्रमा रामकृष्ण कँडेलको छायाङ्कन, देव महर्जनको द्वन्द्व, बिश्वास भण्डारीको सम्पादन र राजन महर्जनको नृत्य निर्देशन रहेको छ ।
शंकर अधिकारी र दिपेन्द्र खड्काको गीत रहेको चलचित्रमा पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार, सिडीबिजय अधिकारी र शंकर अधिकारी घायलको संगीत रहेको छ भने स्वर नित्याशिवा, ममता मगर, पुरुषोत्तम न्यौपाने र सिडीबिजय अधिकारीको रहेको छ । यो चलचित्र १४ चैतमा रिलिज हुने निर्देशक अधिकारीले बताए ।