काठमाडाैं - तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लागेको छ । हिजो पनि दिनभरीजसो तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएका छन् ।
उनका अनुसार आज पनि दिउँसोसम्म नै हुस्सु, कुहिरो लाग्ने सम्भावना छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईका जिल्ला हुस्सु कुहिरोका कारण प्रभावित छन् ।
हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा भिजिबिलिटी समेत घटेको छ । भिजिबिलिटी घटेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
आज अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । काठमाडाैं उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । तत्काललाई वर्षा र हिमपातको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ ०८:०८