काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज बिहीबार तोलामा १३ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ ११:०४