नेपालगन्ज, बैशाख २९ । पहिलेको तुलनामा ब्यक्तिहरु सचेत बन्दै गएकोले समुदायमा सामाजिक सदभाव बलियो बन्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुरक्षाका लागि सहकार्य परियोजना अन्तरगत आज बाँकेको बैजापुरमा सम्पन्न अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । सामाजिक सद्भाव र सामाजिक सुरक्षाका लागि वडा स्तरीय सामूदायिक अभिमुखिकरण कार्यक्रममा बोल्दै एमालेका दिलिप कुमार डांगीले समुदायमा एक अर्का प्रति हुने बिभेद अत्य भएमा मात्रै सामाजिक सदभाव कायम हुने बताए । अर्का सहभागी नेकपा माक्सबादका लौटन थारुले सामाजिक सदभाव कायम गर्न आफ्नो तर्फबाट लागि परेको बताए । अभिमुखिकरणकै सहभागी जानकी थारुले अभिमुखिकरणबाट सिकेको कुरा समुदायका अन्य ब्यक्तिलाई सिकाउने प्रतिबद्धता गरिन । कार्यक्रममा बोल्दै स्थानीय शिक्षक लक्ष्मेश्वर यादबले सबै सचेत बन्दै गएका कारण सामाजिक सदभाव समेत बलियो बन्दै गएको बताए ।
बासका कार्यक्रम सहायक खेम बिष्टले संचालन गरेको अभिमुखिकरण कार्यक्रममा सामाजिक सद्भाव, आवश्यकता र महत्व, सामुदायिक सुरक्षा, लोकतान्त्रीक सहभागीता लागायतका बिषयमा कार्यक्रम संयोजक शम्भु शाहीले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा विभिन्न धर्मका धर्मगुरुहरु, बडा नागरिक मन्चका पदाधीकारीहरु, ईलाका प्रहरी कार्यालयका प्रमुख गोरक्क्ष रावल, युवा क्लब, बाल क्लबका पदाधीकारीहरु, राजनितिक दलका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि लगायत गरी ३२ जनाको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०७४ १०:५८