काठमाडौं– गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । गायिका राउतमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीको नजरमा फरार रहेकी गायिका राउतले सोमबार बिहान महानगरीय प्रहरी कार्यालय टेकुमा आत्मसमर्पण गरेकी थिइन् । केही समयअघि कार्यक्रममा सिलसिलामा पुर्व जानेबेलामा अन्तर्राष्ट्रिय विमानस्थल (डोमेष्ट्रिक)मा ड्युटीमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठमाथि दुव्र्यव्यवहार गरेको आरोप गायिका राउतमाथि छ । त्यसका लागि गायिका राउतले माफी समेत मागी सकेकी छन् । तर, उनी कार्यक्रमको सिलसिलामा भारतको सिक्किमका रहेका बेला यता पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजी सुरु गरेको थियो ।
सिक्किमबाट आउनेवित्तकै प्रहरीको शरणमा सोमबार पुगेकी गायिका राउतले आफू कार्यक्रमको सिलसिलामा बाहिर रहेको भन्दै माफी मागेकी छिन् । तैपनि गायिका राउतमाथि अभद्र व्यवहारसम्बन्धि कसुरमा अनुसन्धानका लागि भन्दै म्याद थप गरेको हो ।