काठमाडौं– सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साढे चार बजेका लागि सरेको छ।
रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे बस्ने बैठक प्राविधिक कारणले डेढ घन्टा पछि पारिएको हो। बैठक पार्टी कार्यालय बसुन्धारामा बस्दैछ।
आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ।
‘अहिले जसरी चलिरहेको छ। हामी त्यसरी चल्न सक्दैनौं,’ ढकालले भने,‘हाम्रो सभापति रवि लामिछाने पनि सम्झौताको राजनीतिमा कति दिन बस्ने भन्नेमा पुग्नुभएको छ। आज हामी महत्वपूर्ण निर्णय गर्छौं।’महामन्त्री ढकालले पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको बताए।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ १४:२४