काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन्।
बिहीबार नेकपा माओवादी केन्द्र को पार्टी कार्यालयमा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म,बाहिर निस्कने निर्णय गर्दैन।’’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिनेसमेत बताए ।उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पारे ।
आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबारका लागि सरेको छ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ १९:०६