विराटनगर–प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा बन्ने हरेक सरकारी भौतिक संरचना अपांगतामैत्री भएको जानकारी गराएका छन् ।
अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रममा उनले अपांगतामैत्री प्रदेश बनाउन प्रदेश सरकार लागिपरेकोले अब बन्ने हरेक भौतिक संरचना अपांगमैत्री हुने जानकारी दिए ।
उनले समाजमा भएका अपांगता व्यक्तिको पुनःस्थापना कतिपय अवस्थामा अपरिहार्य देखिएकोले उनीहरूको लागी सरकारले पुनःस्थापना गृहहरू खोल्ने पनि जनाए । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका साथै अपांगता भएको व्यक्तिहरूकोे विकास गरी स्वस्थ्य र समुुन्नत प्रदेश निर्माण गरिने पनि बताए । उनले भने, ‘अपांगता भएका व्यक्तिलाई सक्षम र सबल बनाउने कार्यक्रम सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने छ ।’
सो कार्यक्रममा प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपांगता भएका बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागिपरेको बताए । उनले भने, ‘अपांग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपांगता भएका बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागिपरेको छ ।’
विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाले सक्दो सहयोग गर्ने जनाए ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ १०:०५