बाँके-बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्स्पाईरिङ्ग युथ Inspiring Youth कार्यक्रमले एक बर्ष पूरा गरेको छ । युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, कर्तव्यशिल, ईमान्दार, अनुशासित र कर्मशिल युवा बन्न उत्प्रेरित गर्ने, उत्प्रेरणा र सशक्तिकरणका माध्यमबाट युवा शक्तिलाई समाज विकासमा परिचालन गर्ने, समृद्ध राष्ट्र निर्माणका लागि युवा शक्तिको सहभागिताका लागि अभिप्रेरित गर्ने उद्धेश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा महिनाको पहिलो हप्ता सहभागिहरु बिच Debate, दोश्रो हप्ता फरक, फरक क्षेत्रका व्यक्तिहरुको उत्प्रेरणात्मक प्रबचन तेश्रो हप्ता फरक, फरक क्षेत्रका सफल, उदाहरणिय, बौद्धिक व्यक्तित्वद्धारा सफलताको कथा बाचन, महिनाको चौ
थो हप्ता युवाहरुलाई नेतृत्व विकास बारे तालिम प्रदान गरिदै आएको छ भने सहभागिहरुमा भएको ज्ञान र क्षमता आदान, प्रदान गर्ने कार्यसमेत गर्ने गरिएको छ ।
प्रथम बार्षिकोत्सबको अवसरमा बासले यहि जेष्ठ १३ गते बिशेष कार्यक्रम गर्ने भएको छ । सिएसटि होटेल एण्ड पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा पर्यटन व्यवसायी, चर्चित लेखक, सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य प्रमुख बक्ताको रुपमा सहभागि हुनेभएका छन् भने अपाँगता अधिकार अभियन्ता राष्ट्रिय अपाँग महासँघका पूर्ब केन्द्रीय अध्यक्ष बिरेन्द्रराज पोख्रेल बक्ताको रुपमा सहभागि हुनेछन् ।
३०० बढि युवा तथा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रममा शाक्य र पोखे्रलले उत्प्रेरक प्रबचन दिनेछन् ।
२०७३ जेष्ठ १ गते देखि शुरु भएको कार्यक्रममा हाल सम्म २००० बढिले सहभागिता जनाईसकेका छन् । नेपालगञ्जका सफल तथा उत्प्रेरक बक्ताहरुले प्रबचन दिईसकेको उक्त कार्यक्रममा यस अगाबै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोट, नायक जीवन लुईंटेल, बरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धर, कथाकार महेश बिक्रम शाह लगाएतको उपस्थितीमा बिशेष कार्यक्रम सम्पन्न भईसकेको छ ।