एजेन्सी– करिब सात हजार धावकहरूले मृत सागर (डेड सी म्याराथन) दौडमा भाग लिएका छन्। पृथ्वीको सबैभन्दा तल्लो स्थानको दक्षिणपूर्वी इजरायलको नुन तालको दक्षिणी किनारस्थित सागरमा सो प्रतिस्पर्धा भएको हो ।
पूर्ण म्याराथन, हाफ म्याराथन, ५० किमी, १० किमी र ५ किमीको दौडमा मृत सागरको दक्षिणी भागमा इजरायल र जोर्डनबीचको सीमानामा रहेको समुद्रको केन्द्रतर्फ दौड आयोजना गरिएको थियो ।
सामान्यतया सुरक्षा बल र सम्बन्धित कामदारहरूलाई मात्र यस खण्डमा प्रवेश गर्न अनुमति दिइन्छ । तर क्षेत्र म्याराथनका दिन वर्षमा एक पटक मात्र खुला गरिन्छ ।
पुरुषको पूर्ण म्याराथनमा स्पेनका सर्जियो टुरुलले दुई घन्टा ४७ मिनेट चार सेकेण्डमा समयमा पुरा गरे भने महिलातर्फको म्याराथनमा इजरायलकी अन्ना प्रेइसले तीन घण्टा २१ मिनेट २९ सेकेण्डमा पूरा गरिन् ।
प्रतियोगिताका विजेताहरूले प्रत्येक १,४०० शेकल (४११ अमेरिकी डलर) को पुरस्कार प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ १६:१२