गुल्मी-गल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।
भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवाती गाउँपालिका – १ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेको प्रहरीले जनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्म्ेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।
टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो ।
गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीको तयारी छ ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ १६:४६