काठमाडौं - गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियाे सार्वजनिक भएको छ ।
गीतमा हेमन्त र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको 'पिरती' बोलको गीतको भिडियाे सार्वजनिक गरेकाे हाे ।
राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ ।
पर्यटकीय नगरी घान्द्रुकमा छायांकन गरिएको भिडिओमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, बिजय पुन, निशा मगर र चाहाना मगरको नृत्य रहेको छ ।
टिकटकमा भाइरल सुन्दरी मर्गनीहरु निशा र चाहाना हेमन्त र बिजयसँग घान्द्रुकमा भेटीएकाे भिडियाेमा प्रेममा परेपछिको खुशीलाई रोमान्टिक कहानीमार्फत प्रस्तुत गरिएको छ ।
निर्देशक मौसम हिमालीले भिडियाेलाई कलात्मक शैलीमा पस्किएका छन् । नवीन घर्ती मगरको सम्पादन रहेको भिडियाे छायांकन पवन सुसलिङले गरेका हुन् ।
https://www.youtube.com/watch?v=vi6k-RGMfLw&t=1s
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ ०९:०७