काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
लामिछानेको सामाजिक सञ्जालमार्फत भनेका छन् , ‘ पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफनो ठाउँमा छ । त्यस लगतै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।
उनल सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।
यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन बन्दै आजका लागि सारिएको थियो । रास्वपाले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ भने त्यो दिन प्रधानमन्त्री सकारात्मक नभएपछि सो पार्टी असन्तुष्ट भएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ ११:०४