काठमाडौं– नेपाली बजारमा आइतबार सुन तोलामा २ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा २४ रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ लाद ३६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ ११:४१