एजेन्सी- पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । मुशरंफको निधनबारे पाकिस्तान मिडियाले स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको हो ।
लामो समयदेखि बिरामी मुशर्रफको दुबईस्थित अस्पतालमा उनको उपचार भइरहेको थियो । उनी लामो समयदेखि अमाइलोइडोसिस रोगबाट पीडित थिए । उनको परिवारले ट्विटरमा जानकारी दिँदै उनी अमाइलोइडोसिस नामको रोगबाट जुधिरहेका कारा उनका सबै अंगले काम गर्न बन्द गरेको बताएका थिए ।
ब्रिटेनको नेशनल हेल्थ सर्भिसका अनुसार अमाइलोइडोसिस दुर्लभ र गम्भीर रोगको एक समूह हो । यसमा मानिसको शरीरमा अमाइलोइड नामको असामान्य प्रोटिन बन्न थाल्छन् । यो मुटु, मिर्गौला, स्नायु प्रणाली, दिमाग आदि अंगमा जमा हुन थाल्छन् जसका कारण यी अंगका तन्तुले राम्रोसँग काम गर्दैन ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १२:११