काठमाडौं –आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसले राजनीतिक अस्थिरताको बीउ रोप्न लागेको टिप्पणी गरेका छन् ।
उनले प्रतिनिधि सभाको चुनावपछि एमाले प्रतिपक्षमा बस्न तयार रहेको र सरकार गठनमा कांग्रेसको असाधारण रुचि रहेको बताए ।
कांग्रेसको स्वभावलाई स्वभाविक रुपमा लिएको तर सरकार गठनको समय सकिन लागेपछि देशमा असाधारण अवस्थाहरु देखिन थालेकोले राष्ट्रलाई अस्थिरतातर्फ जानबाट रोक्न र राजनीतिक निकास दिन एमालेले पहल लिनुपर्ने अवस्था आएको ओलीको टिप्पणी रहेको बताए ।
उनले एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको पनि स्मरण गराउँदै गठबन्धन दलको तर्फबाट सरकारका लागि साझा नीति तथा कार्यक्रम तयार गरेको बताए ।
उनले संसदमा कांग्रेसले देखाएको व्यवहार र निर्णयहरू संविधान र लोकतन्त्रका लागि बुझिनसक्नुको रहेको टिप्पणी गरे । कांग्रेसले आफूलाई प्रतिपक्षी दल भनेर भन्न सकस परेको बताए । मन नमानेपनि प्रतिपक्षमा बस्ने बाध्यता रहेको बताउँदै कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाएको टिप्पणी ओलीले गरे ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १५:०७