काठमाडौं –नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो ।
मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताएका छन् ।
पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताए ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १५:२२