काठमाडौं– सरकारलाई दिएको समर्थन कायमै राख्ने तर सरकारबाट भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिने भएको छ ।
रास्वपाको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए।
गृह मन्त्रालयमा रवि लामिछानेले प्रवेश नपाउने निश्चित भएसँगै सो पार्टी सरकारबाट बाहिरिएको हो ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १६:२६